राजनीति

अर्थमन्त्री शर्मालाई बास्कोटाले भने : प्रश्‍न उठेपछि राजीनामा दिने कि नदिने ?

अर्थमन्त्रीले बोल्ने भएपछि एमालेले गर्‍यो बहिष्कार

इकागज |
असार ६, २०७९ सोमबार १७:२ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा उनले शर्मालाई प्रश्‍न उठेपछि राजीनामा दिने कि नदिने भन्दै प्रश्‍न गरे ।

‘आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि कर र भन्सार दररेट तलमाथि गरेकाे भनेर अर्थमन्त्रीमाथि प्रश्‍न उठेपछि राजीनामा दिने कि नदिने, छानबिनमा सहयोग गर्ने कि नगर्ने ?,’ उनले प्रश्‍न गरे, ‘यो जनताको व्यवस्था हो, कुनै सामन्तीहरूको व्यवस्था होइन ।’


सञ्‍चार मन्त्री भएको बेला आफूमाथि प्रश्‍न उठेपछि राजीनामा दिएर छानबिनमा सहयोग गरेको उनले जिकिर गरे । ‘म आफैँ उदाहरण दिन्छ चाहन्छु, प्रश्‍न उठ्यो राजीनामा दिएँ । छानबिन गरौँ, दोषी हुँदा सजायको भागिदार हुनुपर्दछ ।’ उनले अर्थमन्त्रीमाथि छानबिन गर्न समिति समेत बनाउनुपर्ने माग गरे । 

अर्थमन्त्री शर्माले बोल्ने भएपछि एमालेका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिए । 


Author

थप समाचार
x