राजनीति

एसपीपीमा सहभागी नहुने भन्दै पत्राचार नगरेकोमा भीम रावलको आपत्ति

इकागज |
असार ६, २०७९ सोमबार १८:१८ बजे

फाइल तस्वीर

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा सहभागी नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागि नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाएका हुन् । 


उनले अमेरिकाले नेपालले सम्झौता रद्ध गर्न सक्ने भनेर भनेको भएपनि नेपाल सरकारले पत्राचार गर्न नसकेको बताए । नेता रावलले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्न समेत गरे । 

उनले प्रधानसेनापति, परराष्ट्रमन्त्री, गृहमन्त्री र गठबन्धन दलका नेताहरुले समेत एसपीपीमा नेपाल सहभागि नहुने बताइरहँदा पनि पत्र नपठाएकोप्रति आशंका व्यक्त गरे । 

उनले मिलेर पद बाँडफाँट गर्नका लागि सत्तारुढ गठबन्धन भएको टिप्पणी गरे । 


Author

थप समाचार
x