प्रायः सबै दलका नेताहरूसँग कुरा भयो, तर, धन्यवाद भन्नबाहेक विकल्प रहेन : रवि लामिछाने
काठमाडौं– रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन् । उनले मंगलबार सभागृहमा आयोजना गरेका राजनीतिक घोषणा सभालाई सम्बोधन गर्दै नयाँ पार्टी घोषणा गरेका छन् ।
‘म कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिनँ,’ उनले भने, ‘मेरो प्रायः सबै दलका नेताहरूसँग कुरा भयो । तर, सबैलाई धन्यावाद भन्नबाहेक मसँग कुनै विकल्प रहेन । सबै दलमा राम्रो मान्छे नभएका होइनन् । तर, तिनले बोलेनन् । कुरेर बसे । पर्खेर बसे ।’ उनले देश बनाउने म्याण्डेट लिएर आएको समेत बताए ।
‘नयाँ राजनीतिक पार्टी लिएर जान सकिएन भने पुरानाभित्र विलीन हुनेछु,’ उनले भने, ‘म त्यहाँभित्र विलीन हुन चाहन्न । नयाँ दल निर्माण गरेर । क्षमतावान मान्छेको साथ लिएर यो देश बनाउने म्याण्डेट लिएर आएको छु । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया