राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरबारे छलफल हुने

इकागज |
असार ८, २०७९ बुधबार १२:२५ बजे

काठमाडौं– पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने छ ।  बैठकमा मन्त्री हेरफेरका विषयमा छलफल हुने माओवादीका एक नेताले जानकारी दिए ।

उनका अनुसार बैठकमा राष्ट्रिय जनमोर्चाबाहेक सबै दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । एकीकृत समाजवादी पार्टीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपामा पनि मन्त्री हेरफेरको दबाब बढेपछि यी दलहरूले पनि केही मन्त्री परिवर्तन गर्ने तयारी गरिरहेका छन् । 


अन्य पार्टीहरू पनि मन्त्रीहरू परिवर्तन गर्न इच्छुक भएकाले आफूहरू केही दिनअघि पर्खिरहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बताएका थिए । उनले एकदुई दिनमै मन्त्रीहरू फेरिने पनि बताएका थिए । 

एसले जेठ २२ मै आफ्ना चारै मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो । एसले मन्त्रीहरूले नाम टुंगो पनि लगाइसकेको छ । 


Author

थप समाचार
x