मूल्यवृद्धि विरुद्धको जुलुसमा झडप, सरकारी गाडी तोडफोड
काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा निकालिएको जुलुसमा झडप भएको छ । नेकपा एमाले निकट युवा संघले बानेश्वरमा निकालेको जुलुसमा झडप भएको हो ।
युवा संघले राँके जुलुस निकालेको थियो । बानेश्वरको एभरेस्ट होटलबाट अगाडि बढेको जुलुसले सरकारी गाडीसमेत तोडफोड गरेको छ । नेपाल आयल निगमले प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य बढाएको थियो। डिजेलमा पनि प्रति लिटर २७ रुपैयाँ बढाइएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया