विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सरोकारवालालाई गृहमन्त्रीको निर्देशन
फाइल तस्बिर
काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।
बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताएका हुन् । उनले प्राकृतिक विपद्का कारण सडकहरूमा क्षति हुँदा जनधनको क्षति हुने, आवत-जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिए ।
गृहमन्त्री खाणले प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरूलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भूमिका निर्वाह गर्न पनि निर्देशन दिए । उनले सरकारको मातहतका सरोकारवाला निकायहरूको पूर्वतयारी सन्तोषजनक रहेको उल्लेख गर्दै अहिले गरिएको तयारीले विपद्को सामना गरी नागरिकको जीवन रक्षा गर्न सक्ने विश्वास व्यक्त गरे ।
खाणले विपद्को समयमा सूचना र सञ्चारको तत्काल आवश्यकता पर्ने भन्दै यसतर्फ दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया