ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ : मन्त्री रेग्मी
फाइल तस्वीर
काठमाडौँ- महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन् । एसएस हस्पिटालिटी सोलुशन प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सङ्घसंस्थाको भूमिका तथा सम्मान कार्यक्रम’मा उनले पर्यटन, कृषि र जलविद्युत्मार्फत देशको विकास गर्नुपर्ने बताए ।
“मुलुकभित्रका दूरदराजका ग्रामीण क्षेत्रमा ‘होमस्टे’ सञ्चालन गरी पर्यटकलाई सहुलियत दरमा खान र बस्ने सेवा प्रदान गर्नसके नेपालको पर्यटन क्षेत्रले थप फड्को मार्ने विश्वास मैले लिएको छु”, उनले भनिन् । मुलुकलाई चिनाउनका लागि हस्पिटालिटी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । मन्त्री रेग्मीले गाउँका युवा रोजगारीका लागि विदेश पलायन हुँदा गाउँघरमा ज्येष्ठ नागरिक र महिलामात्र बाँकी रहेको भन्दै युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
पर्यटन, कृषि र जलविद्युत क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको उनको भनाइ थियो । उनले दूरदराजका बसेका महिलाको जीविकोपार्जन सुधारका लागि आफ्नो मन्त्रालयले उद्यमशीलता तालिम प्रदान गर्दै आएको बताइन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया