‘माओवादीमा शुद्धीकरण अभियान आवश्यक’
काठमाडौं– नेकपा माओवादी केन्द्रका सम्पर्क समन्वय कमिटी अध्यक्ष श्रीकृष्ण अधिकारीले माओवादी नेताहरू शहरकेन्द्रित भएको आरोप लगाएका छन् । उनले नेताहरु यान्त्रिक ढङ्गले चलेका कारण गाउँका पार्टी कमिटीमा समस्या उत्पन्न हुँदै गएको बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी केन्द्रीय कमिटी बैठकमा बाेल्दै अधिकारीले यस्तो बताएका हुन् ।
‘अहिले पार्टीमा अन्तर्घात हुन थालेको छ’ उनले भने, ‘जसकारण पार्टीका कार्यकर्ता किन्नुपर्ने अवस्था आयो ।’ उनले पार्टीमा शुद्धीकरण अभियान आवश्यक देखिएको बताए ।
लामो संघर्ष गरेर माओवादीले ल्याएको उपलब्धिलाई सदुपयोग गर्न नसक्दा निर्वाचनमा असर परेको उनको भनाइ थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया