जसपाले फिर्ता बोलायो मन्त्री, यी हुन् नयाँ सिफारिस नाम
काठमाडौं - आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको छ । जसपाले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिन लागेको हो ।
कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएर नयाँ मन्त्री बनाउन सिफारिस गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिने भएको हो ।
सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस गरिएको जसपाका एक नेताले जानकारी दिए ।
उनका अनुसार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएका हुन् । उनका अनुसार सम्भवत: आजै शपथ हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया