राजनीति

गगन थापाले मागे अर्थमन्त्रीको राजीनामा

इकागज |
असार २०, २०७९ सोमबार १८:५४ बजे

काठमाडौं– नेपाली का‌ंग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकोले राजीनामा दिनुपर्ने उनले बताए ।


‘अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानविन गर्नुपर्छ,’ उनले भने, ‘यस विषयमा छानविन नगर्ने हो भने गलत नजीर बस्ने भएकाले छानविनमा दोषी देखिए कारबाही गर्नुपर्छ ।’

थापाले अर्थ मन्त्रालयको सिसिटिभि फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए ।


Author

थप समाचार
x