राजनीति

सिसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरेको प्रदिप ज्ञवालीको आरोप

इकागज |
असार २०, २०७९ सोमबार १९:१४ बजे

फाइल तस्वीर

काठमाडौं– बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन् ।

उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनाधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दावी छ । सोमबार संसद भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घटनाको सिसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैंले पुष्टि गरेको जिकीर समेत गरे । 


उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे । 

उपमहासचिव ज्ञवालीले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर जघन्य अपराध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी सिसीटिभी फुटेज पनि डिलिट गरेको बताए ।


Author

थप समाचार
x