राजनीति

अर्थमन्त्रीको राजीनामा एमालेको बटमलाइन : योगेश भट्टराई

इकागज |
असार २२, २०७९ बुधबार १५:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले यस्ताे बताएका हुन् । उनले अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले सिसिटिभी फुटेज मेटाउने र सूचना बेपत्ता पार्ने मानिसहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।


उनले भने, ‘अर्थमन्त्रीको नियत खराब छ भन्‍ने कुरा प्रष्ट देखिन्छ । साइबर कानुन यसमा आकर्षित हुन्छ । सिसिटिभी फुटेजको व्यवस्थापन सम्बन्धीका निर्देशिकाहरु यसमा आकर्षित हुन्छन् । त्यसैले सार्वजनिक पदमा बसेर जुन अपराध गरिएको छ । त्यस हिसावले हेर्दाखेरी यो गम्भीर भ्रष्टाचार पनि हो । पदीय दुरूपयोग पनि हो । त्यस हिसाबले अर्थमन्त्रीमाथि कारबाही चलाउनु पर्छ भन्‍ने हाम्रो भनाइ छ । अर्थमन्त्रीको राजीनामा बटम लाइन हो ।’

सांसद भट्टराईले अर्थमन्त्री शर्माले राजीनामा नदिएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।  


Author

थप समाचार
x