राजनीति

प्रतिनिधि सभामा गणपूरक संख्या पुगेन

इकागज |
असार २२, २०७९ बुधबार १८:१० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेका कारण मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा गणपूरक संख्या नपुगेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गरेको ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्‍ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो । प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन संसदको गणपूरक संख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधि सभा सदस्यहरुको संख्या ६५ जना मात्र रहेकाले प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गन्‍न माग गरेका थिए । प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको थियाे । 


Author

थप समाचार
x