छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : शर्मा
फाइल तस्बिर
काठमाडौँ- जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसदमा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन् ।
संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत प्रष्ट्याए । 'मैले बजेट निर्माणमा कुनै पनि गल्ती गरेको छैन, स्थापित मूल्य, विधि र पद्धतिका आधारमा बजेट निर्माण भएको छ,' उनले भने, 'जुन किसिमले विषय उठेको छ, त्यसले आम जनतामा भ्रम परेको छ, सत्यतथ्य छानबिनबाट त्यो भ्रम निवारण हुनेछ भन्ने विश्वास छ ।'
आज प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नमा छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै सदनमा सम्बोधन गर्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया