विप्लवले आगामी निर्वाचनमा भाग नलिने
फाइल तस्बिर
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा पार्टीले भाग नलिने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लवले हरेक मोर्चामा पार्टी जनता सँगसँगै रहने र निर्वाचनमा भने भाग नलिने बताएका हुन् । उनले जनताका मुद्दाहरूलाई अघि बढाउनका लागि क्रान्तिकारी मोर्चाको विषयमा छलफल गर्ने जिकिर गरे ।
त्यस्तै उनले अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कुनै हालतमा लागु हुन नदिने चेतावनी दिए । मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने उनको भनाइ छ ।
उनले एमसीसी र एसपीपीका सन्दर्भमा कांग्रेस अमेरिकाप्रति बफादार देखिएको धारणा पनि राखे । उनले एमसिसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरूसँग लाखौं रुपैयाँ धरौटी मागेको प्रति आपत्ती जनाए । राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरेको केही नेताले भन्ने गरेको आफूले सुनेको भन्दै उनले देशकाे हित विपरीत काम गर्नेलाई प्रतिबन्ध नै लगाउने जिकिर गरे ।
विप्लवले जनताले पूर्ण रूपमा अधिकार प्राप्ति नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया