संसदीय छानबिन समितिले संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान गर्छ : खगराज अधिकारी
फाइल तस्बिर
काठमाडौँ- पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिका सदस्य एवं नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूहरूले संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पूर्व अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानुनहरूको पालना नगर्नु अक्षम्य रहेको बताए । उनले कानुन र संविधानभन्दा माथि व्यक्ति नहुने भन्दै संविधानको सर्वोच्चतालाई कायम गरेर अनुसन्धान गर्ने उल्लेख गरे ।
अधिकारीले आफूहरूलाई कसैलाई दोषी करार गरेर बदला लिनु नपरेको उल्लेख गर्दै पूर्वाग्रह राखेर काम नगर्ने स्पष्ट पारे ।
त्यसैगरी संसदीय छानबिन समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद् सचिवालयको भएको बताए । उनले सचिवालयले पहिलो बैठक बोलाएपछि संयोजक तोकेर र कार्यविधि बनाएर काम अगाडि बढाउने जानकारी दिए ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया