मेयर बालेन्द्रले भेटे बाबुराम
काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई भेटेका छन्।
मेयर साहले आज भट्टराई निवासमै पुगेर उनलाई भेटेका हुन्। भेटमा काठमाडौँको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गरेका छन् ।
भट्टराईले लेखेका छन्, 'काठमाडौँ मानपा मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श! सफलताको हार्दिक शुभकामना!'
साे क्रममा मेयर शाहले भट्टराई पत्नी हिसिला यमी भट्टराई, छाेरी मानुसी यमी भट्टराईलगायत परिवारका अन्य सदस्यहरुलाई पनि भेटेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया