राजनीति

संघ र प्रदेश दुवै तहको नागरिकता बनाउनुपर्छ : सांसद सुवाल

इकागज |
असार २४, २०७९ शुक्रबार १७:२६ बजे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताए । उनले कृत्रिम नागरिकता लिनका लागि पनि नेपालको संस्कृतिबारेमा लिखित परीक्षा उत्तिर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनले जिकिर गरे । उनले नेपालको नागरिकता सम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई बन्द गर्नुपर्ने बताए ।


सांसद सुवालले नेपालको भूराजनीतिक अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह गर्नु नहुने उल्लेख गरे ।

संघ र प्रदेश दुवै तहको नागरिकता बनाउनुपर्ने सुवालकाे भनाइ छ । उनले महिला र पुरुष बाहेकका लिङ्गको नागरिकता दिनका लागि चिकित्सा विज्ञानले प्रमाणित गर्नुपर्ने औल्याए ।


Author

थप समाचार
x