राजनीति

आवेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

इकागज |
असार २४, २०७९ शुक्रबार १९:५९ बजे

काठमाडौँ- सरकारले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार चुनावी सभालाई सम्बोधन गरिहेका बेला आवेमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भइ मृत्यु भएकाे थियाे ।


नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आवे हत्याको घोर भत्सर्ना गर्दै उनको  निधनप्रति भोलि (शनिबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको हाे।


Author

थप समाचार
x