डलर अभावमा हतियार खरिद प्रकरण : युवा संघले मसाल जुलुस गर्दै
काठमाडौँ- नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले हतियार खरिदसम्बन्धी मसाल जुलुस तथा बिरोध प्रदर्शन गर्दैछ । संघले आज हतियार खरिद प्रकरणबिरुद्ध मसाल जुलुस तथा बिरोध प्रदर्शन गर्न लागेको हो । साँझ ५:३० बजे बिरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।
सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेपछि सरकारले प्रहरीलाई ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको छ । देशमा डलर अभाव भइरहेको बेलामा हतियार खरिद गर्न लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया