राजनीति

नेपाल श्रीलंका बन्दैछ/ नेपाल श्रीलंका बन्ने छैन

हरि अधिकारी |
असार २८, २०७९ मंगलबार २०:४ बजे

हाम्रो देशमा अहिलेको जस्तै आर्थिक बेथिति अरू केही समय कायम रहने हो भने नेपाल छिट्टै श्रीलंका बन्न सक्छ। सबैका लागि यो चेतावनी हो: सत्तासीन गठबन्धनको सदस्य दल नेकपा माओवादी केन्द्रका नम्बर २ नेता नारायणकाजी श्रेष्ठ प्रकाश।

नेपाल छिट्टै श्रीलंका बन्दैछ भनेर एकथरी गैरजिम्मेवार मानिसहरू अनर्गल हल्ला फैलाइरहेका छन्। यथार्थमा त्यस्तो कुनै सम्भावना छैन। ढुक्क हुनुहोस् नेपाल श्रीलंका बन्ने छैन: सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की।


“नेपाल श्रीलंका बन्दैछ / नेपाल श्रीलंका बन्ने छैन” आजको नेपाली जनमानस यिनै दुई परस्पर विरोधी अड्कल / अनुमानको भुमरीमा फसेको छ। यो अड्कल / अनुमान हल्ला बनेर ट्रोल भएको छ। तथाकथित बौद्धिक वर्गमा पर्ने स्वयम्भू जानिफकारहरू यी दुई किसिमका अनुमानित निष्कर्षलाई लिएर अलग अलग तम्बुमा उभिएका छन्। यिनीहरूको कुरा सुनेर आफ्नो धारणा बनाउने सर्वसाधारण जनताहरू भने खै के! खै के! को स्थितिमा छन् र कुनै टुङ्गोमा पुग्न नसकेर अलमलिएका देखिन्छन्। आम र खास दुवैथरी नेपालीहरूका मनमा अब के हुन्छ? भन्ने गह्रुगो प्रश्न ढसमस्स बसेको छ र त्यसले जनमानसमा त्रास फैलाइदिएको छ भन्ने कुरा चाहिँ आजको निर्मम सत्य हो। साथै यो पनि सत्य हो कि आज हर वर्ग र तप्काका नेपालीहरूको मनमा आफ्नो भविष्यलाई लिएर गम्भीर आशंका छ र सबैजना एउटा अज्ञात भविताको त्रास बोकेर बाँचिरहेका छन्।​

श्रीलंकाको इतिहासमा घटित त्यो अद्भूत घटनाको अनुगुञ्ज काठमाडौँको सत्ताका गल्लीगल्छेँडा विचरण गर्ने व्यक्तिहरूको हृदयमा पनि हुन थालेको छ भन्ने कुराको बलियो प्रमाण हो- ज्ञानेन्द्रबहादुर कार्कीको माथि उद्धृत गरिएको त्यो बयान। मन्त्री कार्की वर्तमान राजनीतिक पद्धतिबाट सबैभन्दा बढी लाभान्वित हुन सफल शेरबहादुर देउवाले नेतृत्व गर्ने भ्रष्ट सत्ताखोर समूहका एक स्थायी सदस्य हुन्। त्यसैले उनी त्यस द्विप राष्ट्रमा उठेको विद्रोहको बाछिटा यहाँसम्म पनि आइपुग्छ कि भनी मनमनै डराएका छन्। उनको त्यही भयले उनलाई नेपाल श्रीलंका बन्ने कुनै सम्भावना छैन भनेर आफैँलाई सम्झाउन, थुम्थुम्याउन प्रेरित गरेको हुनु पर्दछ। 

 

आर्थिक रूपले टाट पल्टेको श्रीलंकामा जुन त्वरित् गतिमा सत्ताको सम्पूर्ण संरचना गर्ल्यामगुर्लुम ढल्यो, जनताहरूले जसरी सजिलैसँग राष्ट्रपति भवन कब्जामा लिए र जसरी सत्तामा रहेका सर्वशक्तिमान् राजपाक्षे घरानाका उच्च ओहोदाधारीहरू एकपछि अर्को गरि राजधानी कोलम्बोबाट भाग्न बाध्य भए त्यो त्यस द्विपराज्यको इतिहासका सन्दर्भमा एउटा अकल्पनिय घटना थियो। श्रीलंकाको इतिहासमा घटित त्यो अद्भूत घटनाको अनुगुञ्ज काठमाडौँको सत्ताका गल्लीगल्छेँडा विचरण गर्ने व्यक्तिहरूको हृदयमा पनि हुन थालेको छ भन्ने कुराको बलियो प्रमाण हो- ज्ञानेन्द्रबहादुर कार्कीको माथि उद्धृत गरिएको त्यो बयान। मन्त्री कार्की वर्तमान राजनीतिक पद्धतिबाट सबैभन्दा बढी लाभान्वित हुन सफल शेरबहादुर देउवाले नेतृत्व गर्ने भ्रष्ट सत्ताखोर समूहका एक स्थायी सदस्य हुन्। त्यसैले उनी त्यस द्विपराष्ट्रमा उठेको विद्रोहको बाछिटा यहाँसम्म पनि आइपुग्छ कि भनी मनमनै डराएका छन्। उनको त्यही भयले उनलाई नेपाल श्रीलंका बन्ने कुनै सम्भावना छैन भनेर आफैँलाई सम्झाउन, थुम्थुम्याउन प्रेरित गरेको हुनु पर्दछ।

नेपालले श्रीलंकाको नियति भोग्न बाध्य भयो भने जनताको आक्रोशको पहिलो निशानामा नेपाली राजपाक्षेहरू र तिनका आसेपासे नन्दी-भृंगीहरू हुनेछन् भन्ने कुरामा विवाद छैन। नेपाली राजपाक्षेहरू र तिनका नन्दीभृंगी को को हुन्? सबैलाई थाहा छ, यी पङ्क्तिहरूको लेखकले चिनाइरहनु पर्दैन। श्रीलंकाली भ्रष्टाचारीहरूको केन्द्र राजपाक्षे परिवार थियो भने नेपाली भ्रष्टाचारीहरूले एक भन्दा बढी घरानाको प्रतिनिधित्व गर्दछन्। तर  मिलिजुली भ्रष्टाचार गर्ने मुद्दामा यिनीहरू सहोदर भाइहरू भन्दा पनि घनिष्ठ छन्। यी हामपन्थीहरूमध्ये कसैको अनुहारमा वामपन्थी मखुन्डो लागेको छ भने कसैको अनुहारमा दक्षिणपन्थी। यिनीहरूमध्ये कुनै कुनै त राजाको नाम जप्ने पनि छन्। भ्रष्टाचारको एउटै पुङ चलाउने यी बहुरङ्गीहरूलाई देख्दा लालची मानिसहरूको कुनै जात र आस्था हुँदो रहेनछ भन्ने तीतो सत्यसँग साक्षात्कार गर्न पुगिन्छ।

  नेपाली राजपाक्षेहरूको कर्तुत दिन प्रतिदिन, क्षण प्रतिक्षण उदाङ्ग भइरहेको छ। यिनीहरूले कसरी लोकतान्त्रिक गणतन्त्रलाई भुइँफुट्टा बिचौलियाहरूको सिन्डिकेट बनाइदिएका छन् भन्ने क्रूर वास्तविकतासँग पनि हामी परिचित भइसकेका छौँ। प्रविधि र सञ्चारको क्षेत्रमा भएको अपरिमित प्रगतिको सहयोगले आजको सचेत नेपाली जनमानस यी राजपाक्षेहरूका कर्तुतको एक एक हिसाब राख्न सफल भएको छ। नेपाली राजपाक्षेहरूले जानिराखे हुन्छ, श्रीलंकामा उठेको जस्तो जनाक्रोशको आँधी-तूफान यहाँ पनि उठ्यो भने त्यतिबेला सिंहदरबारको पटाङ्गिनीमा तिमीहरूका कर्तुतहरूको त्यो हिसाब-किताबको ढड्डा खोलिने छ। त्यतिबेला हिसाब बराबर गर्ने क्रममा तिमीहरूले तिर्नुपर्ने हर्जाना धेरै ठूलो तिम्रो बुताले नभ्याउँने किसिमको हुनसक्छ।

नेपाली राजपाक्षेहरूको कर्तुत दिन प्रतिदिन, क्षण प्रतिक्षण उदाङ्ग भइरहेको छ। यिनीहरूले कसरी लोकतान्त्रिक गणतन्त्रलाई भुइँफुट्टा बिचौलियाहरूको सिन्डिकेट बनाइदिएका छन् भन्ने क्रूर वास्तविकतासँग पनि हामी परिचित भइसकेका छौँ। प्रविधि र सञ्चारको क्षेत्रमा भएको अपरिमित प्रगतिको सहयोगले आजको सचेत नेपाली जनमानस यी राजपाक्षेहरूका कर्तुतको एक एक हिसाब राख्न सफल भएको छ। नेपाली राजपाक्षेहरूले जानिराखे हुन्छ, श्रीलंकामा उठेको जस्तो जनाक्रोशको आँधी-तूफान यहाँ पनि उठ्यो भने त्यतिबेला सिंहदरबारको पटाङ्गिनीमा तिमीहरूका कर्तुतहरूको त्यो हिसाब-किताबको ढड्डा खोलिने छ। त्यतिबेला हिसाब बराबर गर्ने क्रममा तिमीहरूले तिर्नुपर्ने हर्जाना धेरै ठूलो तिम्रो बुताले नभ्याउँने किसिमको हुनसक्छ।

हामीकहाँ छिट्टै श्रीलंकामा उठेको जस्तो विशाल राजनीतिक आन्दोलनको आँधी- तुफान उठ्ने  सम्भावना छ कि छैन भन्ने विषयमा यस विषयका जानकार / अध्येताहरूका बीच नै मतान्तर छ। अहिलेका आर्थिक र मौद्रिक वस्तु तथ्य र परिसूचकलाई पर्गेलेर हेर्दा हालसालै वा एकाध वर्षमै नेपालको अर्थतन्त्रको सम्पूर्ण ढाँचा नै गर्ल्यामगुर्लुम हुने सम्भावना देखिँदैन भन्नेहरू नै बहुमतमा छन्। उनीहरूले प्रस्तुत गर्ने गरेका तथ्य र विचारहरू जायज नै छन्। नेपाल राष्ट्र  ब्याङ्कले जारी गरेको पछिल्लो आर्थिक प्रतिवेदनले देशको विदेशी मुद्रा सञ्चिती र सोधानान्तर स्थितिमा थोरै सुधार भएको जनाएको छ। यसले नेपाल खत्तम नै भइसक्यो, कुन दिन सिंहदरबारको सिंहबुर्जा माथि आन्दोलनकारीहरूले कब्जा जमाउनेछन् भन्ने अनर्गल हल्ला र स्वैरकल्पनाको खेती गर्नेहरूलाई थोरै झड्का दिएको हुनु पर्दछ।

पङ्क्तिकारलाई लाग्दछ, नेपाल निकट भविष्यमै श्रीलंकामार्गमा लागि हालेन भने पनि ढिलोचाँडो यसले समात्ने बाटो त्यही नै हो। आज यस देशको सत्ता समालीरहेकाहरूको नियत, कार्यशैली र क्षमतालाई हेर्दा जसको मनमा पनि चरम निराशाको अनुभूति हुन्छ। आज हामीमाथि शासन गरिरहेको मध्ययुगीन सोचद्वारा डोरिएका कुलाङ्गारहरूको यो भ्रष्ट मण्डली यस  सुन्दर देशलाई सुडान वा सोमालिया बनाएरै छोड्न कृतसङ्कल्पित छ जस्तो बुझिन्छ। शीर्षमा प्रधानमन्त्रीदेखि लिएर पिँधमा वडा समिति सदस्यसम्म सबैको ध्याउन्न पैसै कमाउनमा भएपछि सुशासन र कल्याणकारी राज्यको बीउ कहाँ खोज्न जाने हो? हरेक नेपाली बिलखबन्द परेको अवस्था छ अहिले। यसरी अनाचार र बेथितिको डङ्गुर बढ्दै गएर बेसम्भार भएपछिको नेपाल पुग्ने सिङ्गापुर वा डेनमार्कमा होइन श्रीलंका वा त्यसभन्दा गए गुज्रेको स्थिति मै हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x