पूर्वअर्थमन्त्री शर्मा छानविन विशेष समितिको सदस्य गरियो हेरफेर
फाइल तस्बिर
काठमाडौँ- तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेकाे प्रस्तावमा सहमति जुटेको हो । जस अनुसार सो समितिमा अब नेपाली काँग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहने छन् ।
नेपाली काँग्रेसकी सांसद भुसालले बिहीबार (आजै) प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन् । आगामी आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानबि गर्न गत असार २२ गते बुधबार सो संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो ।
समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जनासहित ११ सदस्य रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया