कानुनमन्त्री शर्मा बिधेयकसहित सैन्य मुख्यालयमा
फाइल तस्बिर
काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक मस्यौदा मन्त्रिपरिषद्बाट पारित भएपछि कानुनमन्त्री गोविन्द शर्मा बन्दी सैन्य मुख्यालयमा पुगेका छन् । उक्त बिधेयकबारे नेपाली सेनाले असन्तुष्टि गर्न सक्ने भएकाले त्यसबारे बिफ्रिङ गर्न कानुन मन्त्री शर्मा सेनाको मुख्यालय पुगेका हुन् ।
मन्त्री शर्माले फार्स्ट ट्रयाकको संसदीय विधिबाट संसद्को यही अधिवेशनबाट पास गर्ने योजना बनाएका छन् । बैठकमा सेनाका उच्च अधिकारीहरू छन् ।
बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटेपछि मन्त्रिपरिषद् बैठकले त्यसलाई पारित गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया