राजनीति

जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्छु : उपसभामुख भुसाल

इकागज |
असार ३१, २०७९ शुक्रबार १९:४२ बजे

काठमाडौं–नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी छन् ।

शुक्रवार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी हुन् । उनले संविधानको कार्यान्वयनका लागि आफ्नो भुमिका रहने उल्लेख गरिन् । 


उनले राष्ट्रिय राजनीतिको विविध आयामहरुलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताइन् । 

उनले आफू सम्वद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरु स्थगित गरेको पनि सुनाइन् । 
 


Author

थप समाचार
x