मेलम्ची सुरुङ फुट्दा मृत्यु भएका परिवारलाई तीन वर्षपछि राहत
काठमाडौँ- मेलम्ची सुरुङमा परेर मृत्यु भएका परिवारजनलाई सरकारले तीन वर्षपछि राहत उपलब्ध गराएको छ ।
२०७७ असारमा मेलम्चीमा सुरुङ परेर मृत्यु भएका इन्जिनियर सतिसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापाका परिवारलाई पाँच-पाँच लाख रुपैयाँ राहत उपलब्ध गराएको हो ।
३१ असारमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा १७ नम्बर गेट फुट्दा गोइत र थापा बेपत्ता भएका थिए । सो घटनाको केही दिनपछि थापाको शव मेलम्ची नगरपालिका-११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो भने जनकपुरका इन्जिनियर गोइतकाे शव बाहुने पाटीमा भेटिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया