स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छ : राष्ट्रपति
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताएकी छन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाकै लागि गाउँबाट सहरमा जानेको सङ्ख्या बढ्न थालेकाले स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताएकी हुन् । स्तरीय स्वास्थ्य सेवा सबैले पाउने हक संविधानले सुनिश्चित गरेको भन्दै उनले स्वास्थ्यकर्मी उत्पादन गर्नका लागि बिशेष ध्यान दिनुपर्ने धारणा राखिन् ।
राष्ट्रपति भण्डारीले विज्ञान प्रविधिबाट स्वास्थ्य सेवाले अधिकतम लाभ लिनुपर्ने उल्लेख गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया