मतदाताको विश्वास जित्नुपर्छ भन्ने जबरजस्त धारणा स्थानीय निर्वाचनले स्थापित गर्याे : निर्वाचन आयुक्त
फाइल तस्बिर
काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनले लोकतन्त्र र संघीयतालाई कार्यान्वयन गर्न थप योगदान गरेको बताएका छन् ।
आम निर्वाचन पर्यवेक्षण समितिले बुधबार काठमाडौँमा आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले संघीयतालाई बलियो रुपमा कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनले ठूलो भूमिका खेलेको बताएका हुन् । उनले प्रदेश सदस्य समेतले राजीनामा गरेर स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिनुले स्थानीय तहको आकर्षण बढाएको उल्लेख गरे ।
अब स्थानीय तहको कार्यकालको विवाद नहुने भन्दै पाँच वर्ष अवधि सकिनुभन्दा पहिले नै निर्वाचन गर्न सकिने उनले जिकिर गरे । त्यस्तै उनले लैङ्गिक र समावेशीताका आधारमा पनि स्थानीय निर्वाचन सार्थक रहेको उल्लेख गरे ।
कार्यक्रममा थपलियाले निर्वाचनका लागि मतदाताको विश्वास जित्नुपर्छ भन्ने जबरजस्त धारणा स्थानीय निर्वाचनले स्थापित गरेको जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया