राजनीति

ज्येष्ठ नागरिकलाई हेर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ : मन्त्री रेग्मी

इकागज |
साउन ४, २०७९ बुधबार १५:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले ज्येष्ठ नागरिकलाई हेर्ने जिम्मेवारी सरकारले लिनुपर्ने जिकिर गरिन् ।


जनताको घरदैलोमा हुने स्थानीय सरकारले छोराछोरीबाट अपहेलित ज्येष्ठ नागरिकलाई हेर्नुपर्ने उनकाे भनाइ छ । मन्त्री रेग्मीले स्थानीय सरकारले हेरेका ज्येष्ठ नागरिकहरुको सम्पती पनि स्थानीय सरकारले परिचालन गर्न पाउने व्यवस्था विधेयकमार्फत गरिएको बताइन् ।

उनले विधेयकमा ज्येष्ठ नागरिक इजलास गठन गर्न सकिने व्यवस्था गरिएको पनि उल्लेख गरे ।  ज्येष्ठ नागरिकलाई कसैले दुर्व्यवहार गर्न नपाउन् भन्‍ने किसिमको व्यवस्था गरिएको उनको भनाइ छ । 


Author

थप समाचार
x