राजनीति

प्रदेश सभा सदस्य बोहोरालाई माओवादीले सोध्यो २४ घण्टे स्पष्टीकरण

इकागज |
चैत २५, २०७७ बुधबार १६:२१ बजे

धनगढी : नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई बुधबार स्पष्टीकरण सोधेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट माओवादीका तर्फबाट निर्वाचित बोहोरालाई  माओवादीले  २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले माओवादीको केन्द्रीय सल्लाहकार सदस्य रहेको बेला प्रदेश सभामा निर्वाचित भए पनि एमाले प्रवेश गरेको भन्दै दल त्यागसम्बन्धी कानुनअनुसार कारबाही किन नगर्ने ? भन्दै स्पष्टीकरण सोधेका हुन् । 



बोहोरालाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्काशन नगर्ने ?’


 


Author

थप समाचार
x