राजनीति

सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको छ : झलनाथ खनाल

इकागज |
साउन ५, २०७९ बिहीबार १५:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन् । उनले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे ।


सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्‍नु परेको उल्लेख गरे । उनले तत्काल चियाका अक्शन सेन्टर खोल्नुपर्ने जिकिर गरे । सांसद खनालले सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिए । उनले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको औँल्याए ।

सांसद खनालले सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको आराेप लगाएका छन् । उनले आर्थिक संकटतर्फ देश गइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे । उनले इलाममा चियाको संग्रहालय बनाउन पनि माग गरे । सांसद खनालले चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए । 
 


Author

थप समाचार
x