चियाको गुणस्तर मापन यन्त्र स्थापना गर्न माग

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। “ चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।” उनले भने ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताए । सांसद खनालले चिया बगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डको भूमिका प्रभावकारी बनाउन र साना चिया किसानलाई कारखाना खोल्न सहकारीमार्फत प्रोत्साहन गर्नुपर्ने उनलर् बताए। “नेपाली चियाको इतिहासमा इलामलाई बिर्सन हुँदैन, बढीभन्दा बढी किसानलाई चिया खेतीमा लाग्न प्रोत्साहन गर्नुपर्छ”, उनले भने, “चियाको उत्पादन, सङ्कलन र प्रशोधनमा लागेका उद्यमीलाई पनि राज्यले सहयोग गर्नुपर्छ ।”
सांसद खनालले १६ हजार साना किसान चिया खेतीमा संलग्न रहेको उल्लेख गर्दै इलाममा चियाको सङ्ग्रहालय बनाउनुपर्ने मागसमेत गरे ।
सांसद पार्वता सिडी चौधरीले खेतीपाती गर्ने समयमा सरकारले बेलामै मलका व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । “किसानले मत पाएका छैनन्, समयमा मल पाए मात्र उत्पादन बढाउन सक्छ, उत्पादन बढेमात्रै राष्ट्रिय उत्पादनमा वृद्धि हुनसक्छ”, उनले भनिन्, “सरकारले मल ल्याउनुपर्यो कि किसानले ल्याएको मल सरकारले रोक्न हुँदैन ।”
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया