राजनीति

प्रेस युनियन महाधिवेशन : प्रतिनिधिको विरोधपछि शुल्क घटाइयो

इकागज |
साउन ६, २०७९ शुक्रबार १४:४७ बजे

मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट सुरू भएको प्रेस युनियनको ९ औं केन्द्रिय महाधिवेशनमा उम्मेद्वार बन्नका लागि शुल्क धेरै निर्धारण गरेको भन्दै प्रतिनिधिहरुले विरोध गरेपछि उम्मेदवारी दस्तुरमा हेरफेर गरिएको छ ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनमा उम्मेद्वारहरुले तिर्नुपर्ने मनोनयन दस्तुर बारे बिरोध भएपछि घटाइएको निर्वाचन अधिकृत प्रविण हुँमागाईले बताए । नयाँ निर्णय अनुसार अध्यक्षको उम्मेदवारीको लागि २० हजार तोकिएको छ ।


वरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय लेखा आयोग संयोजकको उम्मेदवारी शुल्क अब १०/१० हजार मात्रै तिरे हुने भएको छ । यसैगरी केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति सदस्यको लागि ५/५ हजार मात्रै शुल्क लाग्ने भएको हो । यस अघि अध्यक्षको उम्मेदवारको लागि ३० हजार, वरिष्ठ उपाध्यक्षको लागि २५ हजार र उपाध्यक्षको लागि २० हजार दस्तुर तोकिएको थियो ।

यसैगरी महासचिवको लागि २५ हजार, उपमहासचिव,सचिव, केन्द्रीय लेखा समिति संयोजक र कोषाध्यक्षको लागि २०/२० हजार तथा केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको थियो ।


Author

थप समाचार
x