राजनीति

सभामुखले भने : जलवायु परिवर्तनको असर कम गर्न नीतिहरूकाे कार्यान्वयन गर्नैपर्छ

इकागज |
साउन ६, २०७९ शुक्रबार १५:२ बजे

काठमाडौँ- सभामुख अग्नी सापकोटाले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय दिगो पर्वतीय वर्ष २०२२ काे अवसरमा वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौँमा सांसदहरूसँग गरेको छलफल कार्यक्रममा सभामुख सापकोटाले देशमा बनेका नीतिहरू कार्यान्वयन गर्न निकै चुनौती रहेको भन्दै जलवायु परिवर्तनको समस्या समाधानका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नैपर्नेमा जोड दिएका हुन् ।


उनले जलवायु परिवर्तनले दिएको शिक्षालाई आत्मसाथ गर्ने संकल्प गर्नुपर्ने धारणा पनि राखे । जलवायु परिवर्तनका कारण विश्वमा नै एकपछि अर्को धक्का दिइरहेको भन्दै सभामुख सापकोटाले यसको असर न्यूनीकरणका लागि समस्यालाई बुझेर समाधानको बाटो खोज्नुपर्ने धारणा राखे । उनले अहिले आफूले राज्यका तीन अंगमध्ये एक अंगको जिम्मेवारी बहन गरिरहेको र उक्त भूमिका देश र जनताको हितलाई अघि सार्दै पूरा गर्ने बताए ।

कार्यक्रममा सांसदहरुले जलवायु परिवर्तनले बिभिन्न असर देखाइरहेको भन्दै यसको न्यूनीकरणका लागि विश्व समुदायसँग हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । 


Author

थप समाचार
x