सञ्चारमन्त्रीकाे उद्घोष : चाँडै नेपाल दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रूपमा परिणत हुन्छ
फाइल तस्बिर
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गरेका छन् ।
शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गरे । उनले नेपालको अर्थतन्त्रमा केही समस्या रहेपनि श्रीलंका पथमा नेपाल नरहेको बताए । उनले आगामी १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गरेर अघि बढ्ने उल्लेख गरे ।
मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध रहेको पनि दाबी गरे । उनले सरकार दक्षिण एशियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रूपमा नेपाललाई स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।
सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको औँल्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया