राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले सरासर झुटो बोलेः रामचन्द्र पौडेल
हेटाैडा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय शक्तिहरु र
नेपालका कम्युनिष्टहरु एकतावद्ध भइ नेपाली काँग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको बताए ।
पौडेलले गठबन्धन आजको आवश्यकता भएपनि आगामी चुनावमा कम्युनिष्टहरु एक ठाउँमा उभिएर काँग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गरे । उनले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सार्वजनिक कार्यक्रममा दिएको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले लेखेको भन्ने कुरा झुटो रहेको दाबी गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत असार २४ गते एक सार्वजनिक कार्यक्रममा २०६३ सालको वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले ड्राफ्ट गरेको दाबी गरेका थिए ।
नेता पौडेलले यस्ता गलत सूचनाहरु हुन नदिन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए । उनले केपी ओलीले नाटकीय रुपमा फलानो रुखमुनि बसेर सम्बोधन ड्राफ्ट गरेको भनेपनि त्यसबेला ओली कुनै आन्दोलनमै नरहेको दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया