नेपाल सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी
काठमाडौँ- पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरीले नेपाल सद्भावना पार्टीमा सक्रिय हुने बताएकी छन् ।
शनिबार काठमाडौँमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पूरानो घरमा फर्किएको भन्दै खुसी व्यक्त गरिन् । गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् ।
गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरे । उनले ढिलै भएपनि नागरिकता विद्येयक आएको भन्दै अहिले पनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भने गुनासो गरिन् ।
त्यस्तै उनले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया