राजनीति

सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुँदैन : खनाल

इकागज |
साउन ७, २०७९ शनिबार १८:८ बजे

फाइल तस्बिर

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने स्पष्ट पारेका छन् ।

नेकपा एकीकृत समाजवादी नुवाकोट-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरि तालमेल हुन नसक्ने भन्दै तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने बताएका हुन् ।


काँग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे । खनालले स्थानीय तहमा जसलाई बोक्यो, उसैले आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे ।

खनालले अहिले वाम एकताको खाँचो रहेको औँल्याए । उनले आगामी निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको जिकिर गरे ।


Author

थप समाचार
x