राजनीति

मन्त्री शशी श्रेष्ठले गरिन् ‘किर्ते’ नियुक्ति

इकागज |
साउन १०, २०७९ मंगलबार १७:३४ बजे

काठमाडौं- भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले किर्ते काम गरेकी छन् । भूमिसुधार मन्त्रालयअन्तर्गत रहेको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्रीस्तरीय निर्णयमा नियुक्त गरेकी हुन् । 

सरकारी सेवाबाट दुई वर्षअघि मात्र सेवा अवकास पाएकी उर्मिला पोखरेललाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी सस्थाबाट नक्कली अनुभव पत्र बनाउन लगाई नियुक्त गरेकी हुन् । 


मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरि मुद्दा  चलाएको छ । 


Author

थप समाचार
x