राजनीति

सुर्खेतमा थाल ठटाएर महँगीको विरोध

इकागज |
साउन ११, २०७९ बुधबार १५:४७ बजे

सुर्खेत-  महँगी बढ्दै गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विरोध जनाएका छन् । उनीहरुले आज वीरेन्द्रनगर बजारमा थाल ठटाएर विरोध जनाएका हुन् ।

महिला संगठनले वीरेन्द्रनगरमा र्‍यालीसहित थाल ठटाउँदै  प्रदर्शन गरेका हुन् । महिला संगठनका जिल्ला उपाध्यक्ष भूमी खत्रीको नेतृत्वमा केन्द्रीय सदस्य जनक सिंह ठकुरी, जिल्ला अध्यक्ष कविराम पुरी, प्रदेश सचिव सूर्यबहादुर शाही लगायतको अगुवाईमा प्रदर्शन गरिएको थियो । उनीहरुले ‘महँगी नियन्त्रण गर, कालो बजारी र भ्रष्टाचारीमाथि कारबाही गर' लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए ।


त्यसैगरी उनीहरुले राप्रपाको २२ बुँदे माग पूरा गर्नुपर्ने माग समेत राखेका छन् । उक्त प्रदर्शन र्‍याली मंगलगढी चोक हुँदै वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 


Author

थप समाचार
x