राजनीति

मन्त्रिपरिषद् बैठक

कोभिड संक्रमितको निशुल्क उपचारदेखि किताब आयातको कर हटाउने सरकारको निर्णय

इकागज |
कात्तिक २५, २०७७ मंगलबार ९:१९ बजे

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले विभिन्‍न निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्कलगायत विभिन्‍न निर्णय गरेको हो । सर्वोच्च अदालत र संसदीय समितिले निर्देशन दिएपछि मन्त्रिपरिषद् बैठकले निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै कोभिड-१९ भ्याक्सिन समयमै आपूर्ति गर्ने व्यवस्था मिलाउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समितिसमेत गठन गरेको छ । आगामी चैत मसान्तसम्म मन्त्रीहरूको आधा तलब कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।


त्यस्तै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले किताब आयातमा लगाएको कर हटेको छ । अघिल्लो वर्ष खतिवडाले ल्याएको बजेटमा विदेशबाट आयात हुने करमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरेमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको हो ।

त्यस्तै बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि सरकारले जीटूजीमार्फत खरिद गर्ने निर्णय छ । त्यस्तै नेपालमा मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने पनि निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।


Author

थप समाचार
x