माओवादी छाडेका चार मन्त्रीको आजै पुनर्नियुक्ति र शपथ
काठमाडौँ : माओवादी केन्द्र छाडेर एमाले बनेका चार मन्त्रीले आज फेरि शपथ लिने भएका छन् । नेकपा विभाजन भएर माओवादी केन्द्र ब्युतिँएपनि पार्टीमा नफर्केपछि माओवादी केन्द्रले कारबाही गर्नुका साथै सांसद पदबाट हटाउन सभामुख अग्नि सापकोटालाई सिफारिस गरेको थियाे ।
सभामुख सापकोटाले बिहीबारको संसद बैठकमा माओवादी केन्द्र छाडेर एमाले बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सांसदबाट पदमुक्त भएको जानकारी गराएका थिए । संविधानअनुसार उनीहरु सांसद नरहेपछि मन्त्री पद पनि स्वतः गुमेको थियो ।
तर संविधानमा सांसद नरहेका व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जनालाई फेरि मन्त्री पदमा नियुक्त गरेर शपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेका हुन् । चारै जना मन्त्रीले आजै बेलूकी ५ बजे राष्ट्रपति निवास शीतलनिवासमा शपथ लिने कार्यक्रम छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया