नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र
काठमाडौँ- देशभक्त जनगणतान्त्रिक मोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
ने.क.पा.(क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सी.पी. गजुरेल नेतृत्वको टोलीले मंगलबार शितल निवास पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो ।
लोभ-लालच, आश्वासन-प्रलोभन, प्रभाव-दबाव र पैसाको चलखेलका आधारमा गैर नेपाली नागरिकले नागरिकता पाउने गरी राष्ट्रहित विपरीत नागरिकतासम्बन्धी विधेयक सदनबाट पारित गरिएको उनीहरुको भनाई छ । राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि प्रस्तुत भएको उक्त विधेयक दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रबन्ध र प्रावधानसँग पनि कुनै तादाम्यता नरहेको मोर्चाले जनाएको छ ।
मोर्चाले नागरिकता विधेयकमा सर्वपक्षीय सहमति आवश्यक रहेकोमा जोड दिएको छ । यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र यसलाई अन्तिम रूप दिनका लागि यो विधेयक संसदमा नै फिर्ता पठाइयोस् भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया