सूचना उपलब्ध गराउन अख्तियारलाई आदेश
फाइल फोटो
काठमाडौँ - प्रमुख आयुक्त, आयुक्तहरू तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सम्बन्धी विषयमा सूचना प्रधान गर्न राष्ट्रिय सूचना आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदेश जारी गरेको छ। नेपाल विवेकशील पार्टीका केन्द्रीय सदस्य तथा सूचनाको हकका अभियन्ता शशि विक्रम कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तहरू तथा उच्च पदस्थ कर्मचारीहरूले कुन कुन मितिमा,कुन निकायमा सम्पत्ति विवरण बुझाए भन्ने सूचना माग गरेका थिए।
अख्तियारका सूचना अधिकारी र कार्यालय प्रमुखले उक्त सूचना नदिए पछि कार्कीले राष्ट्रिय सूचना आयोगमा उजुरी गरेका थिए। राष्ट्रिय सूचना आयोगको श्रावण १६ गते अख्तियारको नाममा एक आदेश जारी गर्दै सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्ने कुनै कारण भए ७ दिन भित्र लिखित ब्यहोरा पठाउनु भन्ने आदेश जारी गरेको छ।
राष्ट्रिय सूचना आयोगले जारी गरेको आदेश, अख्तियारमा पेस गरेको सूचनाको हकको पत्र र अख्तियारले दिएको जवाफहरू तलको लिंकमा उपलब्ध छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया