राजनीति

आउँदो निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने सहमति

इकागज |
साउन २०, २०७९ शुक्रबार १२:५१ बजे

फाइल तस्वीर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनबीच आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हिजो मन्त्रिपरिषदको बैठकले मंसिर ४ मा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


कांग्रेसबाट शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल बैठकमा सहभागी थिए ।


Author

थप समाचार
x