महँगी र भ्रष्टाचारविरुद्ध एमालेकाे हस्ताक्षर अभियान
काठमाडौँ- महंगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ ।
दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु गरेको हो । अभियान तीन दिनसम्म चल्ने एमालेले जनाएका छन् । अभियानका क्रममा सबै वडा कमिटीहरुले हस्ताक्षर संकलन गरेका छन् ।
महँगी र भ्रष्टाचारका कारण नागरिकहरुले दुख पाउनुपरेको भन्दै अभियानमा सहभागिता जनाउन एमालेले आह्वान पनि गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया