भारतले निर्वाचनको मुखमा चिया निर्यातमा समस्या खडा गर्नु हुँदैन : झलनाथ खनाल
फाइल तस्बिर
काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भारतले निर्वाचनको मुखमा आएर चिया निर्यातमा समस्या खडा गर्न नहुने बताएका छन् ।
भारतमा नेपाली चिया निर्यातमा रोक लगाउने विषय बाहिर आएको भन्दै त्यस्तो हुन नदिन मंगलबार खनालको नेतृत्वमा इलामका चिया उत्पादकहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पछि नेता खनालले यस्तो बताएका हुन् । उनले निर्वाचनको मुखमा भारतले चिया निर्यातमा समस्या खडा गर्नु भनेको छिमेकीले छिमेकीसँगको मैत्रीपूर्ण विषय नभएको उल्लेख गरे ।
खनालले नेपालले भारतमा चिया निर्यात गर्दा पाएको सुविधा कटौती गर्न सरकारले दिन नहुने बताए । उनले प्रधानमन्त्रीसँग पहिलो आग्रह नै चिया निर्यातमा पाइरहेको सुविधा कटौती नहोस् भन्ने माग रहेको जनाए । नेता खनालले अहिले नेपालको चिया भारतमा निर्यातको जस्तो अवस्था रहेको छ त्यसमा कुनै प्रकारको बाधा आउन नहुने बताए । नेपालमा उत्पादन भएको चियाको मुख्य बजार नै भारत भएकाले निर्यातमा समस्या आउन सरकारले दिन नहुने उनकाे भनाइ छ ।
नेता खनालले भारतसँग चियामा सहुलियतपूर्ण सम्बन्ध रहेकाले नेपालबाट चिया निर्यात गर्दा कुनै कर लगाएको भन्दै चिया निर्यातमा भारतबाट नेपालले पाएको सुविधा भएको जिकिर गरे । उनले नेपालको चिया निर्यातमा पाएको सुविधालाई कटौती गर्ने हिसावले भारतका ३१ जना सांसदहरूको टिमले अध्ययन गरेर भारत सरकारलाई नेपालको चिया गुणस्तरहीन र विषादी पनि आएकाले भारतको अन्तर्राष्ट्रिय बजारमा समस्या भयो भन्दै प्रतिवेदन बुझाएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया