के-के हुँदैछ आजको संसद बैठकमा ?
फाइल तस्वीर
काठमाडौं– आज प्रतिनिधि सभा बैठक बस्दैछ । आजको बैठकमा विभिन्न विधेयक पारित गराउन प्रस्तावहरु राखिनेछ ।
कार्य सूचीअनुसार प्रधानमन्त्री शेरबहादुर राष्ट्रिय सन्देशको विशेष २०७८ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । राष्ट्रिय सभाको सन्देश सहितको “तथ्याङ विधेयक, २०७८८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको सन्देश सहितको तथ्याङ विधेयक, २०७८ साई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै राष्ट्रिय सभाको सन्देश सहितको “शपथ सम्बन्धी विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय सभाको सन्देश सहितको शपथ सम्बन्धी विधेयक, २०७१ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रधानमन्त्री श्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले ’खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको काठमाडौ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सूचीमा उल्लेख छ । राष्ट्रिय सभाको सन्देशसहितको भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले राष्ट्रिय सभाको सन्देश सहितको “शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ साई पारित गरियोस् भनी प्रस्ताव गर्ने संसद सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया