राजनीति

बालेनलाई योगेश भट्टराईको सुझाव- सरकारसँग हुती छैन, ठोस प्रस्तावसहित एमालेसँग आउनुस्

इकागज |
साउन २९, २०७९ आइतबार १२:३३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा भट्टराईले काठमाडौंमा फोहर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरू बेखबर रहेको भन्दै फोहर उठाउन सरकारको हुती नभएको बताएका हुन् । 

काठमाडौंमा फोहर नउठ्दा हैजा र झाडापखाला महामारीको खतरा रहेको भन्दै फोहर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौंका मेयर बालेन्द्र शाहलाई सुझाव दिए। वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर शाह असफल हुने उउनको भनाइ छ । 


‘काठमाडौं फोहोरले डुङडुङ गन्हाउने भइसक्दा पनि सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारसँग हुती पनि छैन,' उनले भने, म बालेन शाहलाई भन्न चाहन्छु, ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ । एमाले पूर्णक्षमताका साथ सहयोग गर्न तयार छ । यदि तपाईं सरकारको भर पर्नुभयो भने असफल हुने निश्चित छ ।'

भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौंका मेयरलाई सहयोग गर्न तयार रहेको बताए । 


Author

थप समाचार
x