राजनीति

पशु स्वास्थ्य विधेयक बहुमतले पारित

इकागज |
साउन ३१, २०७९ मंगलबार १५:८ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक,२०७९ बहुमतले पारित गरेको  छ ।

त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै १४ सांसदले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । उक्त विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहले गाउँघरमा पारामेडिकलले पशु चिकित्सकको काम गरिरहेका र उनीहरुको पेसालाई मर्यादित र व्यवस्थित बनाउन यो विधेयक ल्याइएको बताए । 


उनका अनुसार यसरी सेवा दिने प्राविधिक जनशक्ति सरकारी तवरबाट झण्डै तीन हजार ८०० र निजी क्षेत्रबाट २१ हजार छन् । मन्त्री सिंहले भने, 'उनीहरुको सेवालाई मर्यादित र व्यवस्थित गर्न विधेयक ल्याएको हो, सांसदबाट आएका सुझाव समेतलाई राखेर ऐन संशोधन गर्न नसके पनि नियमावलीमा भने व्यवस्थित गरिनेछ ।'


Author

थप समाचार
x