सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
काठमाडौं - आगामी निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज बस्दै छ ।
बालुवाटरस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसद्का १६५ तथा प्रदेश संसद्का ३३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।
२०७४ सालको निर्वाचन र गत ३० वैशाखकाे स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया